बिहीबार, १० असार २०७८
बिहीबार, १० असार २०७८

IT Training Nepal

भेरी नगरपालिकाका विद्यालय आइतबारदेखि खुल्दै

१२ मंसिर, २०७७ १६:५० मा प्रकाशित

659 पटक पढिएको

school illustration

जाजरकोट – जाजरकोटको भेरी नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालय आगामी मंसिर १४ गते आइतबारदेखि संचालन हुने भएका छन्। कोभिड-१९ महामारीको त्रासका कारण चैत्र देखि बन्द रहेका विद्यालय नौ महिनापछि पहिलो पटक खुल्न थालेका हुन्।

भेरी नगरपालिकाको नगर शिक्षा समितिले नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुले मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत विद्यालय संचालन सम्बन्धी कार्यढाँचा २०७७ को मापदण्ड भित्र रही पाठ्यवस्तु समायोजन ढाँचा २०७७ अनुसार आगामी मंसिर १४ गतेदेखि नियमित पठनपाठन गर्न निर्देशन दिएको छ। लामो समयपछि पठनपाठन सुरु गर्ने निर्णयले अभिभावक र विद्यार्थी उत्साहित भएका छन्।

कोरोना महामारीको प्रभाव विस्तारै हट्दै गएको र लामो समयदेखि पठनपाठन नहुँदा शिक्षा क्षेत्र नराम्ररी प्रभावित भएकाले विद्यालय खोल्ने निर्णय गरिएको भेरी नगर शिक्षा शाखा प्रमुख अमृतबहादुर पुनले बताए।

कुशेमा दसैंअघि नै विद्यालय संचालनमा आइसकेका छन् भने अन्य पालिकाले पनि तत्काल विद्यालय संचालन गर्ने निर्णय गरिसकेका छन्। कोरोना महामारीको प्रभाव कायमै रहेकाले सचेतता अपनाएर पठनपाठन गर्न विज्ञले सुझाव दिएका छन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome