शनिबार, ६ कार्तिक २०७८
शनिबार, ६ कार्तिक २०७८

IT Training Nepal

थप १,७०३ जनामा कोरोना पुष्टि : १,२३६ डिस्चार्ज, २३ जनाको मृत्यु

१२ मंसिर, २०७७ १६:५८ मा प्रकाशित

556 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर १७ सय ३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख २९ हजार ३४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार देशभर १७ हजार २३७ जना कोरोनाका सक्रिय संक्रमित छन्। १७ हजार २३७ जना आइलोसनमा र ६०१ जना क्वारेन्टाइनमा छन्।

पछिल्लो २४ घण्टामा १२ सय ३६ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या २ लाख ९ हजार ४३५ पुगेको छ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप २३ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ सय ३५ पुगेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome