बुधबार, १० कार्तिक २०७८
बुधबार, १० कार्तिक २०७८

IT Training Nepal

१० लाख घुस लिएको आरोपमा विद्युत प्राधिकरणका प्रमुखविरुद्ध मुद्दा

१३ मंसिर, २०७७ ०८:४१ मा प्रकाशित

761 पटक पढिएको

commission for the investigation of abuse of authority ciaa nepal

काठमाडौं – नेपाल विद्युत प्राधिकरण, हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना हेटौंडाका कार्यालय प्रमुख इन्जिनियर इश्वरीप्रसाद जैसवालविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग १० लाख रूपैयाँ घुस लिएको आरोपमा जैसवालविरुद्ध शुक्रबार मुद्दा दायर गरेको हो ।

अनुसन्धानको क्रममा जैसवालले निर्माणाधिन सो प्रसारण लाइन भित्रपर्ने रुखहरु कटान गरी ढुवानी तथा घाटगद्दी कार्य सम्पन्न गरेको रकम भुक्तानी दिनका लागि सेवाग्राहीसँग उक्त रकम घुस लिएको पाइएपछि उनीविरुद्ध मुद्दा दायर गरिएको आयोगका सहसचिव एवं प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome