सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

प्रचण्डको अन्तर्वार्ता संग्रह ‘नयाँ राजनीतिक विश्लेषण’ सार्वजनिक

१३ मंसिर, २०७७ ०८:४५ मा प्रकाशित

323 पटक पढिएको

prachanda releases book

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पुस्तक ‘नयाँ राजनीतिक विश्लेषण’ सार्वजनिक भएको छ।

प्रचण्डको निजी सचिवालयका अनुसार उक्त पुस्तकमा २०७४ देखि २०७७ सम्म विभिन्न सञ्चारमाध्यममा प्रकाशित अन्तर्वार्ता समेटिएका छन्। पुस्तकले तत्कालीन राजनीतिक परिस्थिति र परिघटना बुझ्न मद्दत गर्ने विश्वा प्रचण्डले लिएका छन्।

पुस्तक राजनीतिशास्त्रका विद्यार्थी, नेपाली समाज र राजनीतिमा अनुसन्धान गर्न चाहने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता र नेपाली राजनीतिका बारेमा चासो राख्ने सबैका लागि उपयोगी हुने विश्वास रहेको प्रकाशन संस्था प्रज्ञा स्मृति प्रतिष्ठानले जनाएको छ

प्रचण्डले विभिन्न समयमा तात्कालिक विषयमा पार्टीका धारणा र वर्तमान राजनीतिक परिस्थितिका बारेमा अन्तर्वार्ता लिएर नयाँ राजनीतिक विश्लेषण र विचार निर्माणमा प्रत्यक्ष वा परोक्ष रुपमा पुस्तकले सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

४०८ पृष्ठको पुस्तकको मूल्य ५५० रुपैयाँ रहेको छ। पुस्तक राजधानी काठमाडौं लगायत देशका विभिन्न सहरहरुका पुस्तक पसलमा उपलब्ध हुने जानकारी गराइएको छ।

प्रचण्डले पुस्तक प्रकाशनका निम्ति खट्ने पार्टीका नेता, कार्यकर्ता र सचिवालयका सम्पूर्ण सदस्यलाई धन्यवाद दिएका छन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome