बिहीबार, २१ श्रावण २०७८
बिहीबार, २१ श्रावण २०७८

IT Training Nepal

कालिकोटमा आगलागीले तीन घर जलेर नष्ट

१३ मंसिर, २०७७ १६:४९ मा प्रकाशित

735 पटक पढिएको

fire in kalikot

कालिकोट – जिल्लाको तिलागुफा नगरपालिका-४ राँचुलीमा आगलागी भएको छ। शनिबार बिहान ७ बजेतिर भएको आगलागीले तीन घर जलेर नष्ट भएका छन्।

तिलागुफा नगरपालिका-४ राँचुलीको दलित वस्तीमा भएको आगलागीले तीन घरमा बस्ने १२ परिवारको बिचल्ली भएको छ।

प्रहरीका अनुसार स्थानीय र प्रहरीको सक्रियतामा आगो नियन्त्रण गरिएको छ।

दलित बस्तीका ३ घर जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक भुपेन्द्र शाहीले बताए।

उनका अनुसार बिहान ७ बजेतिर बिउरी विकको भान्साबाट सुरु भएको आगोले ३ घर जलेका हुन्। ३ घरमा १२ परिवार बस्दै आएको प्रहरी निरीक्षक शाहीले बताए। चुल्होमा आगो बाल्ने क्रममा काठमा आगो सल्केर गाउँमै आगो सल्किएको हो।

बिहान आगलागी भएकाले मानवीय क्षति भएको छैन। आगलागीबाट कुल विकका २ गाई जलेका छन् भने घर र अन्नपात पनि जलेको बताइएको छ।

राँचुलीका अधिकांश घर काठबाट निमार्ण भएकाले पनि आगजनीको उच्च जोखिममा रहेका छन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome