बुधबार, २ असार २०७८
बुधबार, २ असार २०७८

IT Training Nepal

रुकुम पश्चिममा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु, चालक फरार

१३ मंसिर, २०७७ १६:५१ मा प्रकाशित

200 पटक पढिएको

accident grahic

जाजरकोट – जन्ती बोकेको जीप कच्ची सडकमा दुर्घटना हुँदा रुकुम पश्चिम आठबीसकोट नगरपालिका–७ पोखरामा चार जनाको मृत्यु भएको छ।

आठबीसकोट–२ घारीखोलाबाट जन्ती लिएर आठबीसकोट–८ दाँजेतर्फ जाँदै गरेको रा १ ज ५८९ नम्बरको जीप गए राति दुर्घटना हुँदा आठबीसकोटका ६६ वर्षीय सार्के नेपाली, ४८ वर्षीय आइते चदारा, अन्दाजी ५१ वर्षीय गोरे नेपाली र सोही नगरपालिका–७ का ५१ वर्षीय कलिभान नेपालीको मृत्यु भएको नगरप्रमुख गोरखबहादुर केसीले जानकारी दिए।

दुर्घटनामा ६० वर्षीय लालबहादुर नेपाली गम्भीर घाइते रहेको उनले जानकारी दिए। जीप चालक फरार रहेको प्रहरीले जनाएको छ। यो सडकखण्डमा थोत्रा गाडी सञ्चालनमा छन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome