सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

हिन्दु राज्य र राजसंस्थाको माग गर्दै नेपालगन्जमा मोटरसाइकल र्‍याली

१३ मंसिर, २०७७ १७:०३ मा प्रकाशित

413 पटक पढिएको

rally in nepalgunj

नेपालगन्ज – हिन्दु राज्य र राजसंस्थाको माग गर्दै हिन्दु राष्ट्रवादीले शनिबार नेपालगन्जमा सयौंको संख्यामा मोटरसाइकलबाट र्‍याली निकालेको छ।

बागेश्वरी मन्दिरको पूर्व पट्टिको पार्कबाट सुरु भएको मोटर साइकल र्‍यालीले नगर परिक्रमा गरेको थियो।

न्युरोड, पुष्पलाल चोक, सुर्खेतरोड, वीरेन्द्र चोक, वीपी चोक, गणेशमान चोक, चार बाहिनी चोक, भेरी अस्पताल, त्रिभुवन चोक, सदरलाइन, घरबारी टोलहुँदै धम्बोझी चोकसम्म प्रदर्शन गरिएको थियो।

नेपालको राष्ट्रिय झन्डा बोकेका प्रर्दशनकारीले हिन्दु राष्ट्र र राजसंस्थाका पक्षमा नारा लगाएका थिए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome