मंगलवार, १२ श्रावण २०७८
मंगलवार, १२ श्रावण २०७८

IT Training Nepal

थप १,२५५ जनामा कोरोना पुष्टि : १,४०४ डिस्चार्ज, २५ जनाको मृत्यु

१४ मंसिर, २०७७ १७:०४ मा प्रकाशित

316 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर १२ सय ५५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सहित नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ सय ४ जना डिस्चार्ज हुँदा कोरोना जित्नेको कुल संख्या २ लाख ११ हजार ३ सय ५४ पुगेको छ ।

देशभर क्वारेन्टिनमा ६३२ जना रहेका छन् भने आइसोलेसनमा १७ हजार ९०९ जनाको उपचार भइराखेको छ।

पछिल्लो २४ घण्टामा २५ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४ सय ७९ पुगेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome