सोमबार, ७ असार २०७८
सोमबार, ७ असार २०७८

IT Training Nepal

बैतडीमा १८ वर्षीया किशोरी बलात्कार, वडाध्यक्षसहित थप ४ जना पक्राउ

१४ मंसिर, २०७७ १७:०८ मा प्रकाशित

465 पटक पढिएको

arrested illustration

बैतडी – बैतडीको सिगास गाउँपालिका ३ की १८ वर्षीया किशोरी बलात्कार प्रकरणमा वडा अध्यक्षसहित थप ४ जना पक्राउ परेका छन् । सिगास गाउँपालिका ३ का वडा अध्यक्ष शेरसिंह साउँदसहित थप ४ जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

यस्तै सोही ठाउँका राजेन्द्र धामी, नरेन्द्र धामी र गोपाल धामीलाई पनि शनिबार साँझ पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिए । योसँगै किशोरी बलात्कार प्रकरणमा ६ जना पक्राउ परिसकेका छन् ।

यसअघि गएको बिहीबार सोही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मनोजसिंह धामी र अमर धामीलाई नियन्त्रण लिइएको थियो । उनीहरुमाथि अदालतबाट म्याद थपेर अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए ।

बलात्कार घटनाका मुख्य आरोपित सिगास ३ का दीपकसिंह धामी भने फरार रहेका प्रहरीले जनाएको छ । उनी पहिला नै भारत भागीसकेको प्रहरीले जनाएको छ । सिगास गाउँपालिका ३ की १८ वर्षीया किशोरीमाथि गत जेठमै बलात्कार भएको र गत असार १४ गते गाउँमै तमसुक बनाएर सो घटना मिलाउन खोजिएको थियो ।

तमसुकमा पीडित पक्षलाई कार्तिक मसान्तभित्र एकतोला सुन दिने भनिएको थियो । पीडित पक्षलाई सुन नदिएपछि बलात्कारको घटना बाहिर आएको हो । यो घटना बाहिर आएपछि प्रहरीले यसलाई गम्भीरताका साथ लिएको प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिए ।

घटनामा मुख्य आरोपित फरार रहेपछि घटनालाई ढाकछोप गर्ने वडा अध्यक्षसहितका व्यक्तिलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome