बुधबार, ३ कार्तिक २०७८
बुधबार, ३ कार्तिक २०७८

IT Training Nepal

२ करोडभन्दा बढी मुल्यको चोरीका गाडि बरामद

१४ मंसिर, २०७७ १७:२२ मा प्रकाशित

382 पटक पढिएको

fortuner seized

काठमाडौं – महानगरीय अपराध महाशाखाले भन्सार छली भित्र्याएको आशंकामा २ वटा गाडी नियन्त्रणमा लिएको छ ।

काठमाडौंको कपनबाट भारतीय नम्बर प्लेट रहेको टोयोटा फर्च्युनर कार र ललितपुर सानेपाबाट होण्डा कार नियन्त्रणमा लिएको महानगरीय अपराध महाशाखाका प्रमुख दीपक थापाले बताउनुभयो ।

नेपाली बजार मूल्य अनुसार टोयोटा फर्च्युनर को १ करोड ७० लाख र होणडा कारको ५५ लाख रहेको प्रमुख थापाले जानकारी दिनुभयो ।

बरामद कार भन्सार छली गरेर ल्याइएको हुनसक्ने भन्दै अनुसन्धान अघि बढाइएको अपराध महाशाखाले जनाएको छ।

त्यसैगरि अपराध महाशाखाको टोलिले सुन तस्करी गरेको आरोपमा रामेछाप घर भएका गङ्गा बहादुर थापा मगर र तस्करी गरेको सुन किन्ने काठमाडौंको कोटेश्वरमा सुन चाँदी ब्यवसाय गर्दै आएका तेह्रथुम घर भएका कुमार सेन्चुरीलाई पक्राउ गरेको महाशाखा प्रमुख थापाले बताउनु भयो ।

प्रहरीले पक्राउ परेका गङ्गा बहादुरको साथबाट सुन बेचे बापतको रकम ११ लाख रुपैयाँ र खरिदकर्ता सेन्च्युरीको पसलबाट १ सय ५० ग्राम सुन बरामद गरोको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome