बुधबार, १० कार्तिक २०७८
बुधबार, १० कार्तिक २०७८

IT Training Nepal

उपत्यकामा ८०९ जना सहित देशभर थप १,४७४ जनामा कोरोना पुष्टी, १,९३१ जना डिस्चार्ज, हालसम्म १,५०८ जनाको मृत्यु

१५ मंसिर, २०७७ १७:५३ मा प्रकाशित

425 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ८०९ जना सहित देशभर थप १४ सय ७४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १९ सय ३१ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसहित कुल निको हुनेको संख्या २ लाख १४ हजार ५२१ पुगेको छ।

देशभर क्वारेन्टिनमा ५३५ जना रहेका छन् भने आइसोलेसनमा १७ हजार ४२३ जनाको उपचार भइराखेको छ।

३७५ जनाको आइसीयू र ५८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

यस्तै पछिल्लो २४ घन्टामा थप २९ जनाको मृत्यु भएसँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १५ सय ८ पुगेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome