सोमबार, ७ असार २०७८
सोमबार, ७ असार २०७८

IT Training Nepal

आफ्नै साथीको हत्याको आरोपमा तीनजना पक्राउ

१५ मंसिर, २०७७ १८:०७ मा प्रकाशित

364 पटक पढिएको

arrested illustration

इटहरी – आफ्नै साथी हत्याको आरोपमा सुनसरीको दुहबी नगरपालिका २ बाट तीनजना पक्राउ परेका छन् । दुहबीकै १७ वर्षीय सुजननारायण चौधरीको हत्या आरोपमा उनीहरुलाई आइतबार पक्राउ गरिएको सुनसरी प्रहरीले जानकारी दिएको छ ।

गत मंसिर १० गतेदेखि हराएका दुहबी वडा नं. २ का सुजनलाई खोज्ने क्रममा प्रहरीको टोलीले स्थानीय २० वर्षीय सुमन झालाई पक्राउ गरेसँगै हत्याको घटना खुलेको हो । पक्राउ परेका झाले आफूले हत्या गरेको स्वीकारेसँगै शव फालेको स्थान देखाएका थिए । झासँगै अरु दुईजनासमेत पक्राउ परेको बताइएको छ । चौधरीको शव स्थानीय अरुण वनस्पति उद्योगको कम्पाउण्डभित्रको झाडीमा भेटिएको हो ।

सुनसरी प्रहरी प्रमुख कमल थापाका अनुसार चौधरीसँगको सामान्य रिसइवीलाई लिएर हत्या भएको हो । हत्या भएलगत्तै घरबाट आएको फोनको जवाफमा झाले ‘तेरो छोरा अपहरणमा छ’ भनेर भनेका थिए ।

तर अपहरण नभइ हत्या पछि अपहरण भनिदिएको मात्र देखिएको सुनसरी प्रहरी प्रमुख कमल थापाले बताए । शव पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome