शनिबार, ९ श्रावण २०७८
शनिबार, ९ श्रावण २०७८

IT Training Nepal

बैतडीमा ७ स्थानीय तहमा एकैपटक अस्पताल शिलान्यास

१५ मंसिर, २०७७ १८:०८ मा प्रकाशित

484 पटक पढिएको

seven hospitals inaugurated in baitadi

बैतडी – बैतडीका ७ वटा स्थानीय तहमा अस्पतालको शिलान्यास गरिएको छ। संघीय सरकारले अस्पताल स्थापनाका लागि स्थानीय तहमा रकम पठाएपछि देशभर सोमबार ३९६ ठाउँमा अस्पताल शिलान्यास गरिएका हुन् ।

बैतडीका ७ वटा स्थानीय तहमा १५ र १० शैय्याका अस्पताल शिलान्यास गरिएका स्वास्थ्य कार्यालयका बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । बैतडीको पाटनमा र पुर्चौंडी नगरपालिकाको न्वाउदेउमा १५ शैय्याको अस्पातल स्थापना गरिएको छ ।

यस्तै सुर्नयाको रौलेश्वरमा, डिलाशैनी गाउँपालिकमा, शिवनाथ गाउँपालिकाको सुल्लेखानमा, पञ्चेश्वर गाउँपालिकाको कुलाउमा र दोगडाकेदार गाउँपालिकाको सित्तडमा १० शैय्याको अस्पताल शिलान्यास गरिएको छ ।

संघीय सरकारले १५ शैय्याको अस्पातलका लागि १ करोड र १० शैय्याको अस्पातलको लागि ८५ लाखका दरले बजेट पठाएको स्वास्थ्य कार्यालयका प्रमुख भट्टले जानकारी दिए । पालिकास्तरमा अस्पातल भवन बन्ने भएपछि स्थानीय नागरिकको स्वास्थ्य सेवामा पहुँच बढ्ने उनले बताए जानकारी दिए ।

स्थानीयस्तरमा निर्माण शुरु भएका अस्पतालले नागरिकको आधारभूत स्वास्थ्य सेवामा पहुँच बढ्दै जाने पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले जानकारी दिए । पाटनमा १५ शैय्याको अस्पातलको शिलान्यास गर्दै उनले स्वास्थ्य सेवा नागरिकको आधारभूत सेवा भएकाले यो सेवा प्रात्याभूतका लागि स्थानीय सरकारको तर्फबाट भरसक पहल भइरहेको बताए ।

पालिकास्तरमा स्थापना भएका अस्पातलले स्वास्थ्य सेवा सुदृढिकरणमा सहयोग पुग्ने शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिए । दुर्गम क्षेत्रमा समेत अस्पताल शिलान्यास भएपछि नागरिक खुसी भएका पञ्चेश्वर गाउँपालिकाका प्रवक्ता दशरथ मंगोलाले जानकारी दिए ।

बैतडी क्षेत्र नम्बर १ बाट निर्वाचित प्रदेश सांसद प्रेमप्रकाश भट्टले नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्याउनका लागि सरकारले पहल गरिरहेको बताए।बैतडीको सुर्नया गाउँपालिका ५ मा १० शैय्याको अस्पातल शिलान्यास गर्दै उनले जनताको स्वास्थ्य सेवामा पहुँच पुर्याउनका लागि तीनै तहका सरकार लागि परेको बताए । स्वास्थ्य सेवा नागरिकको मौलिक हक भएकाले यो हकलाई प्रत्याभूत गर्नका लागि आफूहरु लागि परेको उनले बताए

यस्तै सुर्नया गाउँपालिकाका अध्यक्ष वीरबहादुर बिष्टले गाउँपालिकाबासीको स्वास्थ्य सेवामा पहुच पुर्याउनका गाउँपालिकाले पहल गरिरहेको बताए । संघीय सरकारको सहयोगमा निर्माण हुने अस्पातललाई समयमै सम्पन्न गरेर सेवा सुचारु गर्ने उनले बताए ।

१० शैय्याको अस्पतालको प्रदेश सभा सांसद भट्ट र गाउँपालिका अध्यक्ष बिष्टले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome