बिहीबार, १५ माघ २०७७
बिहीबार, १५ माघ २०७७

IT Training Nepal

उपत्यकामा ५३० जनासहित देशभर थप १,३०४ जना कोरोना पुष्टी : २,०७३ डिस्चार्ज, २१ जनाको मृत्यु

१६ मंसिर, २०७७ १७:३८ मा प्रकाशित

601 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५३० जना सहित देशभर थप १३ सय ४ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारयो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ७३ जना डिस्चार्ज भएका छन्। योसहित निको हुनेको संख्या २ लाख १६ हजार ५९४ पुगेको छ।

मन्त्रालयका अनुसार देशभर क्वारेन्टाईनमा ६१६ जना रहेका छन् भने आइसोलेसनमा १६ हजार ६३३ जना छन्। ३७० जनाको आइसीयू र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर कोरोनाबाट थप २१ जनाको मृत्यु भएसँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १५ सय २९ पुगेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome