बुधबार, २ असार २०७८
बुधबार, २ असार २०७८

IT Training Nepal

उपत्यकामा ७२३ सहित देशभर थप १,४९० जनामा कोरोना पुष्टी, १,५६७ डिस्चार्ज

१७ मंसिर, २०७७ १६:५० मा प्रकाशित

410 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ७२३ जना सहित देशभर थप १४ सय ९० जनामा कोरोना भाईरस (कोभिड – १९) संक्रमण पुष्टी भएको छ । काठमाडौंमा ५३१, भक्तपुरमा ५८ र ललितपुरमा ६१ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३६ हजार २४६ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा १५ सय ६७ जना डिस्चार्ज हुँदा नेपालमा कोरोना जित्नेको संख्या २ लाख १८ हजार १६१ जना पुगेको छ ।

मन्त्रालयका अनुसार देशभर १६ हजार ५४७ जना आइसोलेसनमा छन् भने क्वारेन्टाईनमा ६०५ जना मात्र रहेका छन्। संस्थागत आइसोलेसनमा ५ हजार ६०८ र होम आइसोलेसनमा १० हजार ७४१ जनाको उपचार भइराखेको छ। ३६५ जनाको आइसीयू र ६४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएसँगै नेपालमा अहिलेसम्म कोरोनाले मृत्यु हुनेको संख्या १५ सय ३८ पुगेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome