शुक्रबार, १ आश्विन २०७८
शुक्रबार, १ आश्विन २०७८

IT Training Nepal

थप १,३४३ जनामा कोरोना पुष्टी, २,१११ जना डिस्चार्ज

१८ मंसिर, २०७७ १६:४९ मा प्रकाशित

603 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप १३ सय ४३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सहित नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ४८९ पुगेको छ।

देशभर १५ हजार ७६६ कोरोनाका सक्रिय संक्रमित छन्। टाईनमा ५७६ जना छन् भने आइसोलेसनमा १५ हजार ७६६ जना छन्।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २१ सय ११ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसहित नेपालमा निको हुनेको संख्या २ लाख २० हजार २७२ पुगेको छ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १३ जनाको मृत्यु भएसँगै नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १५ सय ५१ पुगेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome