सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

कृषि कानुनको विरोध गर्दै भारतमा प्रदर्शन जारी

१९ मंसिर, २०७७ ०८:२० मा प्रकाशित

440 पटक पढिएको

protest against agriculture bills 2020 india

काठमाडौं – भारतमा केन्द्र सरकारले ल्याएको कृषि कानुनको विरोध गर्दै विभिन्न राज्यका किसानहरुले एक साताभन्दा अघिदेखि विरोध प्रदर्शन गरिरहेका छन् ।

गत मंगलबार किसान नेताहरुसँग सरकारले वार्ता गरे पनि वार्ता निष्कर्षविहीन बन्न पुग्यो । जसले गर्दा उनीहरुले अहिले पनि आन्दोलन जारी राखेका छन् । केन्द्र सरकारले कृषि सम्बन्त्री विभिन्न तीन कानुन ल्याएकोमा किसानहरुले त्यसलाई किसानका लागि दमनकारी कानुन भन्दै विरोध गर्दैआएका हुन् । सरकारले केही महिनाअघि विधेयक अघि सार्दादेखि नै किसानहरु आन्दोलित बनेका थिए ।

पछिल्लो समय पन्जाब, हरियणा, राजस्थान, महाराष्ट्र लगायत राज्यबाट ठूलो संख्यामा किसानहरु प्रदर्शनका लागि राजधानीसम्म पुगेका थिए । उनीहरुले सुरु गरेको ‘दिल्ली चलो’ नामको किसान आन्दोलनमा ५० हजार भन्दा धेरै किसान सहभागी भएको कुरा भारतीय मिडियाले जनाएका छन् ।

आन्दोलनले कडा रुप लिन थालेपछि गत मंगलबार सरकारले किसान अगुवाहरुलाई वार्ताका लागि बोलाएको थियो । तर उनीहरु वार्तामा सामेल भए पनि सहमति हुन सकेन । फेरि बिहीबारका लागि वार्ता तय गरिएको बताइएको छ । सरकारले किसानका समस्या समाधानका लागि भन्दै अलग्गै समिति समेत गठन गर्ने भनेको छ ।

भारतमा हरेक वर्ष हजारौँको संख्यामा किसानहरु कृषिसम्बन्धी ऋण तिर्न नस्कदा आत्महत्या गर्ने क्रम अझै छ । सत्तारुढ दल भारतीय जनता पार्टीले सत्तामा आउनुअघि किसानको खातामा रकम जम्मा गरिदिने तथा अन्य सहुलीयत दिने प्रतिवद्धता गरे पनि पछिल्लो समय भाजपा सरकार किसानका गुनासो सुन्न तयार नभएको आन्दोलनरत किसान अगुवाहरुको टिप्पणी छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome