बिहीबार, २१ श्रावण २०७८
बिहीबार, २१ श्रावण २०७८

IT Training Nepal

उपत्यकामा ६०६ जनासहित देशभर थप १,२७२ जनामा कोरोना पुष्टि, १,५७५ डिस्चार्ज

१९ मंसिर, २०७७ १७:५४ मा प्रकाशित

809 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६०६ जनासहित देशभर थप १२ सय ७२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३८ हजार ८६१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ सय ७५ जना डिस्चार्ज भएका छन् । यो सहित देशभर अहिलेसम्म २ लाख २१ हजार ८४७ जना कोरोना जितेर डिस्चार्ज भएका छन् ।

देशभर १५ हजार ४४७ जना सक्रिय संक्रमित छन् भने ५३७ जना क्वारेन्टाइनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण १६ जनाको मृत्यु भएसँगै मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म कोरोनाले मृत्यु हुनेको संख्या नेपालमा १५ सय ६७ पुगेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome