बुधबार, १० कार्तिक २०७८
बुधबार, १० कार्तिक २०७८

IT Training Nepal

बैतडीमा १० किलो चरेशसहित एक पक्राउ

१९ मंसिर, २०७७ १७:५७ मा प्रकाशित

999 पटक पढिएको

arrested illustration

बैतडी – बैतडीमा १० किलो चरेशसहित एकजना पक्राउ परेका छन् । बझाङको बुङ्गल नगरपालिका ९ बस्ने ३० वर्षीय मानबहादुर धामी पक्राउ परेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

धामीलाई विषेश सुराकीको आधारमा सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) र जिल्ला प्रहरी कार्यालय बैतडीको संयुक्त टोलीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए ।

उनका अनुसार झोलामा चरेश लिएर पैदल हिडिरहेका बेला धामीलाई बैतडीको पुर्चौडी नगरपालिका ६ बाट पक्राउ गरेका हो। उनलाई बिहीबार राति ११ बजेतिर जिल्लाको पुर्चौडी नगरपालिका–६ को मोडलीधारबाट पक्राउ गरिएको क्षेत्रीय अनुसन्धान समूहले जनाएको छ ।

पक्राउ परेका धामीलाई इलाका प्रहरी कार्यालय पाटनमा ल्याउँदै गरेको उनले जनाए । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome