मंगलवार, १ असार २०७८
मंगलवार, १ असार २०७८

IT Training Nepal

३५ हजार घुससहित सशस्त्रका सहायक हवल्दार पक्राउ

१९ मंसिर, २०७७ १८:०४ मा प्रकाशित

308 पटक पढिएको

arrested illustration

भैरहवा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले सशस्त्र प्रहरी बल नेपालको कपिलवस्तुस्थित कृष्णनगर बीओपीका सशस्त्र प्रहरी सहायक हवल्दार लिलबहादुर गुरुङलाई घुससहित पक्राउ गरेको छ ।

घरायसी सामान ओसारपसारमा सहजीकरण गरिदिए बापत सेवाग्राहीसगँ ३५ हजार रुपैयाँ लिइसकेको अवस्थामा सहायक हव्लदार गुरुङलाई घुस सहित पक्राउ गरिएको अख्तियारको बुटवल कार्यालयका प्रवक्ता सुरेश भुषालले जानकारी दिए ।

उनले कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका २ गोलघर स्थित मिलन रेष्टुरेन्ट एण्ड दुर्गा गेष्ट हाउसबाट गुरुङलाई नियन्त्रणमा लिइएको र घटनाको थप अनुसन्धान भइरहेको बताए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome