मंगलवार, २ कार्तिक २०७८
मंगलवार, २ कार्तिक २०७८

IT Training Nepal

राजतन्त्रको फोहोर सफा गर्ने कि फोहोरको डंगुरमा फर्कने : डा. भट्टराई

२१ मंसिर, २०७७ ०८:१८ मा प्रकाशित

705 पटक पढिएको

baburam bhattarai

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले २४० वर्ष राजतन्त्रले थुपारेको फोहोर १२ वर्षमा गणतन्त्रले सोहोर्न भ्याएन भनेर त्यही डंगुरमा फर्किनु नहुने बताएका छन् ।

राजतन्त्रको समर्थनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गरेको देशव्यापी आन्दोलनतर्फ लक्षित गर्दै बाबुरामले यस्तो प्रश्न गरेका हुन् ।

बाबुरामले राजावादी धमिलो पानीमा माछा मार्न हौसिएको आरोपसमेत लगाएका छन् । उनले प्रधानमन्त्री केपी ओलीको समेत आलोचना गर्दै यस्तो आरोप लगाएका हुन् ।

२४० वर्षसम्म राजतन्त्रले थुपारेको गरिबी, बेरोजगारी, भ्रष्टाचार र जातीय विभेदको फोहोर १२ वर्षमा सोहोर्न सकिएन भनेर राजतन्त्रको पक्षमा आन्दोलन गर्नु गलत भएको उनको ठहर छ ।

‘ओली कुशासनको धमिलो पानीमा माछा मार्न हौसिएका राजावादीहरूलाई प्रश्न : २४० वर्षसम्म राजतन्त्रले थुपारेको निरंकुशता, गरीबी, वेरोजगारी, भ्रष्टाचार, जातीय-क्षेत्रीय र लैंगिक विभेद, पराधीनताको फोहर १२ वर्षमा गणतन्त्रले सोहोर्न भ्याएन भने सबै मिलेर छिटो फोहोर सफा गर्ने कि फोहोरको डुंगुरमा फर्कने’, बाबुरामले ट्वीटरमा लेखेका छन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome