शनिबार, ९ श्रावण २०७८
शनिबार, ९ श्रावण २०७८

IT Training Nepal

तीन बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा २४ वर्षीय युवक पक्राउ

२१ मंसिर, २०७७ ०८:१९ मा प्रकाशित

767 पटक पढिएको

arrested illustration

राजविराज – घाँस काटिरहेका तीन बालिकाहरुलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सप्तरीको कञ्चनरूप नगरपालिका–११ का एक युवकलाई पक्राउ गरेको छ ।

६, ७ र ८ वर्षीया तीन बालिकाहरूलाई ललाई–फकाई मोटरसाइकलमा राखेर कञ्चनरूप नगरपालिका–१२ स्थित धारापानी पिकनिकस्थल लगेर यौन दुर्व्यवहार गरेको आरोपमा २४ वर्षीय दीपक गाईनलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ ।

पक्राउ परेका आरोपितलाई शुक्रबार सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीका डिएसपी नरेशकुमार सिंहले जानकारी दिए ।

घाँस काटिरहेका बालिकाहरुलाई बिहीबार साँझ गाईनले मोटरसाइकलमा पिकनिक स्थल लगेका थिए । बालिकालाई एकान्त स्थलमा लगेर ती युवकले बालिकाहरुको शरीरका संवेदनशील अंगमा छुनुका साथै जवर्जस्ती गर्न खोजेको बालिकाहरुले बताएका छन् ।

कपडा खोलेर यौन दुर्व्यवहार गर्न थालेपछि होहल्ला गर्दा घाँसदाउरा खोज्न जङ्गल गएका मानिसहरूले उनीहरुलाई समातेर सोधपुछ समेत गरेका थिए । आरोपितलाई ईलाका प्रहरी कार्यालय ठेलियाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । बालिकाहरुको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गराई परिवारका सदस्यहरूको जिम्मा लगाइएको छ ।

पीडित बालिकाका आमाहरूले दिएको उजुरीपछि प्रहरीले ती युवकलाई पक्राउ गरेको र अहिले हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome