मंगलवार, २ कार्तिक २०७८
मंगलवार, २ कार्तिक २०७८

IT Training Nepal

थप १,०९६ जनामा कोरोना पुष्टी : १,७५२ डिस्चार्ज, हालसम्म १,५९४ जनाको मृत्यु

२२ मंसिर, २०७७ ०७:५५ मा प्रकाशित

490 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ९६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४० हजार ९८१ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर १७ सय ५२ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना जितेर डिस्चार्ज हुनेको संख्या २ लाख २५ हजार ८०५ जना पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ५८२ रहेको छ भने क्वारेन्टाईनमा ५३६ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा १७ जनाको कोरोनाका कारण मृत्यु भएको छ। योसँगै नेपालमा अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १५ सय ९४ पुगेको मन्त्रालयले जनाएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome