आईतवार, २ माघ २०७८
आईतवार, २ माघ २०७८

IT Training Nepal

सडकको नाममा भारतले अग्लो बाँध बनाएपछी मधवा गाउँ वर्षासँगै हरेक वर्ष डुबानमा

४ श्रावण, २०७७ १२:२७ मा प्रकाशित

770 पटक पढिएको

residents of madhwa village

जलेश्वर, ०४ साउन : सडकको नाममा भारतले अग्लो बाँध बाँधेपछि मनराशिषवा नगरपालिका–१० मा पर्ने मधवा गाउँ वर्षातमा डुब्छ। यो गाउँमा मुसहर जातीको बसोबास छ। पुस्तैनी गरिबीले थिचिएका उनीहरूको पीडा न सरकारले सुन्छ न त सरकारका निकाय बुझ्नै गाउँ पुग्छ। नेपाल—भारत सीमाको नेपालतिरको पिलर नम्बर ३०४ देखिन्छ। जसको रक्षक छन्, बर्दिविहीन नेपाली नागरिक मुसहर छन्। मुसहरहरूले नेपाली भूमि मात्रै रक्षा गरेका छैन्, एसएसबीको धाकधम्की सहेर राष्ट्रियतालाई पनि बचाएर राखेका छन्। देशप्रेमको भावना मुसहरहरूको मनमुटुमा भरिएको छ। जो दिनरात नेपाली भूमिको रक्षा मात्रै गरिरहेका छैनन्, नेपाली पिलर जोगाउन चार पुस्तै बिताइदिए। तर, उनीहरू वर्षात लाग्नेबित्तिकै डुबानमा पर्छ। न राम्रोसँग खान पाउँछन्, न त सुत्न नै।

मधवा गाउँ पुग्दा भेटिए, ५६ वर्षीय सिकेन्द्र मुसहर। उनले सीमामा बस्दा भोगिरहेको दुःख सुनाए। सीमा उनी मात्र होइन, उनका हजुरबुवा मंगल, बुबा रामसञ्जोग यही भूमिमा पुस्ता बिताएर संसार छाडे। उनीजस्ता मधवा गाउँका धेरै मुसहरका छोरानाति भारतले सडक अग्लो बनाएर बाँधेको बाँधले ६० घरको बस्ती डुबानमा पर्दै आएको छ। सिकेन्द्र मुसहर भन्छन्, ‘बर्खा लागेपछि समस्यामा पर्छौं। खाने र बस्ने सबै चिजबिज डुब्छ। ’ पुस्तैनी दुःख सुनाउँदै उनले थपे, ‘भारतीय प्रहरी बुट बजार्दै बस्ती पस्छन्, घर भत्काएर जान्छन्। फेरी सीमामै घर बनाएर बस्छौं। ’ बेरोजगारीले उनको जीवन थिचिदिएको छ। पेट पाल्न भारतीय बजारमा काम खोज्नुपर्छ। लकडाउनले सीमा बन्द भएपछि छाक टार्न पनि धौ–धौ परेको उनले सुनाए।

गाउँले भन्छन्, ‘दिन कमाउँछ, राति खान्छन्। नकमाए मुखमा माड लाग्दैन। चुनाव आउँछ, भोट लिन नेताहरू गाउँ पस्छन्। जितेर गएपछि नेता फर्केर आउँदैन। नेता भेट्न फेरि मुसरहरूलाई अर्को चुनावै आउनुपर्छ। सिकेन्द्रले मधवा गाउँ देखाउँदै व्यथा पोखे, ‘बोर्डरमा बस्न दिन्नौं भन्दै एसएसबीले घर भत्काइदिन्छ। घर बनाउने जमिन छैन। घडेरी किन्ने पैसा छैन, कहाँबाट ल्याउँ ? ’ सिकेन्द्र सीमा रक्षा गर्न पाएकोमा गर्व महसुस गर्छन्। तर, सरकारले दलित मुसहरको पीडामा मलहम पट्टी नगरेकोमा उनी भने आक्रोसित छन्। मधवा गाउँमा तीन सय बढी मानिस बस्छन्। गाउँमा पुग्दा फेरि कोही नेता आयो भनेर उनले सोचे। पत्रकार आएको सुनेपछि गाउँलेहरू खुले। गाउँलेले भने, ‘पटक पटक चुनावमा भोट दिएर हामीले नेता जितायौं। जितेर नेताहरू हाम्रा लागि केही गरेन। ’

बस्तीमा दुईवटा मात्रै चपाकल छ। गाउँभरका तीन सयले त्यहीबाट प्यास मेटाउँछन्। गाउँभरमा सबैभन्दा बढी पढ्ने एसएसली मात्र हो। ‘कमाइले खान त पुग्दैन, बच्चाहरूलाई कसरी स्कुल पठाऔं’, ७५ वर्षीय लक्ष्मी मुसहरले भने। बढीको बसोबास रहेको बस्तीमा ३०४÷२०, २१, २२ नम्बरको नेपाली पिलरभन्दा दक्षिण भारततिर त कोही नेपाल तिरको दशगजा क्षेत्रमा घर बनाएर बस्न बाध्य छन्। लक्ष्मीका छिमेकी जोगिन्द्र मुसहर भन्छन्, ‘जसको जग्गा जमिन, इँटाको घर, घरमा पंखा र सुत्ने पलङ छ, उनीहरूले नै सरकारको राहत पनि पाउँछन्। हामी वर्षातमा भारतको बाँधले बाँधले डुबानमा पर्छौं। ’

‘भारतीयले बनाएको बाँधले बाढीको पानी नेपालमै रोकिन्छ। पानी बग्न नपाएर ताल झै हप्तौं दिनसम्म रहन्छ। हामी कही कतै निस्किन पाउँदैनौं’, उनले भने, ‘जब आकाश कालोनिलो हुन्छ, डुब्छौं कि भनेर चिन्ता हुन्छ। ’

चार वर्षअघि भारतले बस्तीनजिकै भारतीय भूमिमा बाँध बाँधेपछि महोत्तरीको सीमावर्ती गाउँ मधवा, मरुवाही, सखरी, हलखोरी गाउँ डुबान हुँदै आईको लक्ष्मण मुसहरले सुनाए। तेत्री मुसहरले भनिन्, ‘सरकारले हामीलाई जग्गा दिएर घर बनाइदिए जीवनै खुसीयाली हुन्थ्यो। ’


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome