बुधबार, २ असार २०७८
बुधबार, २ असार २०७८

IT Training Nepal

राजपुर बम काण्डका आरोपित पूर्वमन्त्री आलमका भाइ महताव पक्राउ

२२ मंसिर, २०७७ १७:१० मा प्रकाशित

477 पटक पढिएको

mehtab alam

रौतहट – २०६४ को संविधानसभा चुनावको अघिल्लो दिन भएको राजपुर बमकाण्डका आरोपित नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री मोहमद अफताव आलमका भाइ महताव आलम पक्राउ परेका छन्।

प्रहरी स्रोतका अनुसार आलमलाई भारतीय प्रहरीसँगको समन्वयमा भारतको मोतिहारी जिल्लाबाट पक्राउ गरिएको हो। अहिले उनलाई रौतहट ल्याइँदै गरेको बताइएको छ। तर यसबारे रौतहट जिल्ला प्रहरी कार्यालयका एसपी शिद्दिबिक्रम शाहले केही बताउन चाहेनन्।

संसद आलम पक्राउ परेपछि महताव फरार थिए।

२७ चैत २०६४ मा आलमका काका शेख इद्रिसको घरमा विष्फोट भएको थियो। बिस्फोटनमा घाइते भएका २४ वर्षीय त्रिलोकप्रताप सिंह र २२ वर्षीय ओसी अक्तर मियालाई घाइते अवस्थामा जिउँदै इटाभट्टामा जलाएको आरोप छ।

मुख्य आरोपी भनिएका संसद अफताव आलम २०७६ असोज २६ मा पक्राउ परेका थिए।

संसद आलम हाल कारागारमा छन्। ११ आरोपीमध्ये ५ जना पक्राउ परिसकेका छन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome