मंगलवार, २ कार्तिक २०७८
मंगलवार, २ कार्तिक २०७८

IT Training Nepal

उपत्यकामा ५९४ जनासहित देशभर थप १,३८२ जनामा कोरोना पुष्टी, १,६२१ डिस्चार्ज

२३ मंसिर, २०७७ १७:२४ मा प्रकाशित

699 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५९४ जना सहित देशभर थप १३ सय ८२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सहित नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा १६ सय २१ जना डिस्चार्ज भएका छन्। योसहित नेपालमा कोरोना जित्नेको संख्या २ लाख २९ हजार ५४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ६८६ रहेको छ। ५२३ जना क्वारेन्टाईनमा छन् भने १२ हजार ६८६ आइसोलेसनमा रहेका छन्।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २३ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ सय ३७ पुगेको मन्त्रालयले जनाएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome