शनिबार, ९ श्रावण २०७८
शनिबार, ९ श्रावण २०७८

IT Training Nepal

इरानमा सरकार विरोधी पत्रकार जामलाई मृत्युदण्डको फैसला

२३ मंसिर, २०७७ १७:३४ मा प्रकाशित

892 पटक पढिएको

ruhollah zam

तेहरान – इरानको सर्वोच्च अदालतले पत्रकार रुहोल्लाह जामविरुद्ध मृत्युदण्डको फैसला सुनाएको छ ।

जामले सरकारविरुद्ध गतिविधि गरेको तथा सामाजिक सञ्जालमा सरकार विरोधी घृणा फैलाएको भन्दै सरकारले उनीमाथि मुद्दा लगाएको थियो । सरकार विरोधी पत्रकारको रुपमा चिनिने जामले २०१७ मा सरकारको आलोचना गर्दै सोसल मिडियामा अभिव्यक्ति दिएका थिए ।

‘हो यस मुद्दामा रिभोल्युसनरी कोर्टले गरेको फैसलालाई सर्वोच्च अदालतले अनुमोदन गरेको छ,’ न्यायपालिकाका प्रवक्ता घोलमहोसेनी एस्माइलीले मंगलबार पत्रकार सम्मेलनको क्रममा बताए ।

उनका अनुसार अदालतले एक महिनाअघि नै उक्त मुद्दाबारे बहस र फैसला गरिसकेको थियो । पत्रकार जामलाई सरकारले २०१९ को अक्टोबरमा इराकबाट पक्राउ गरेको थियो । उनीमाथिको कारवाहीलाई इरानमा सरकारी अधिकारीहरुले ‘जटिल कारवाही’ को रुपमा अर्थ्याएका छन् ।

पत्रकार जाम फ्रान्समा रहेर पत्रकारिता गर्ने गरेका थिए । जहाँ उनले अमाद न्युज नामको मिडिया सञ्चालन गरेका छन् । जुन इरानमा अत्याधिक चर्चित छ । यद्यपि सरकारले यसलाई प्रतिबन्ध लगाएको छ ।

गत जुलाइमा जामका बाबुले प्रधानन्यायाधीश इब्राहिम रइसीलाई पत्र लेख्दै उनको छोरामाथि फाँसीको सजाय इस्लामिक न्यायविरुद्ध हुने दावी गरेका थिए ।

यसवाहेक जाममाथि फ्रान्स र इजरायलका जासूसीहरुसँग मिलेर इरानविरुद्ध काम गरेको पनि आरोप लागेको छ । साथै इरानको विखण्डीकरणमा हिंसात्मक गतिविधि गराएको आरोप छ । २०१७ मा इरानका विभिन्न सहरमा हिंसात्मक प्रदर्शन गराउने काममा पनि उनको संलग्नता रहेको सरकारको दावी छ ।

जामले ती सबै आरोप अस्वीकार गर्दैआएका छन् । उनले आफू मिडियाको काममा मात्रै संलग्न रहेको भन्दै आफुमाथिका आरोप खारेज गरेका छन् । इरानमा २०१७ को प्रदर्शनलाई इरानमा पछिल्लो दशककै ठूलो प्रदर्शन मानिन्छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome