शनिबार, ९ श्रावण २०७८
शनिबार, ९ श्रावण २०७८

IT Training Nepal

उपत्यकामा ५०७ जनासहित देशभर थप १,०५६ जनामा कोरोना पुष्टी, १,४८३ डिस्चार्ज

२४ मंसिर, २०७७ १६:४९ मा प्रकाशित

514 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५०७ जना सहित देशभर थप १ हजार ५६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टी भएको छ। काठमाडौंमा ३९३, ललितपुरमा ७५ र भक्तपुरमा ३९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४८३ जना डिस्चार्ज भएका छन्। योसहित नेपालमा कोरोना जित्नेको संख्या २ लाख ३० हजार ५३७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

देशभर सक्रिय संक्रमितको संख्या १२ हजार २४५ रहेको छ। यस्तै आइसोलेसनमा १२ हजार २४५ जना छन् भने क्वारेन्टाइनमा ५२५ जना रहेका छन्। यस्तै २३० जनाको आइसीयूमा र ५७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १४ जनाको मृत्यु भएसँगै नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १६ सय ५१ पुगेको मन्त्रालयले जनाएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome