सोमबार, ७ असार २०७८
सोमबार, ७ असार २०७८

IT Training Nepal

उपत्यकामा ४०४ जनासहित देशभर थप १,२१७ जनामा कोरोना पुष्टी, १,०६४ डिस्चार्ज

२५ मंसिर, २०७७ १६:५३ मा प्रकाशित

563 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४०४ जना सहित देशभर थप १२ सय १७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ४५ हजार ६५० पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६४ जना डिस्चार्ज भएका छन्। योसहित नेपालमा कोरोना जित्नेको संख्या २ लाख ३१ हजार ६०१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ३८६ रहेको छ। यस्तै ५१५ जना क्वारेन्टाइनमा रहेका छन् भने १२ हजार ३८६ आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। २०९ जनाको आइसीयूमा र ५७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १२ जनाको मृत्यु भएसँगै नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १६ सय ६३ पुगेको मन्त्रालयले जनाएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome