शनिबार, ६ कार्तिक २०७८
शनिबार, ६ कार्तिक २०७८

IT Training Nepal

उपत्यकामा ५४१ जनासहित देशभर थप १,०४४ जनामा कोरोना पुष्टी, १,२७१ डिस्चार्ज

२६ मंसिर, २०७७ १६:४४ मा प्रकाशित

688 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५४१ जना सहित देशभर थप १ हजार ४४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा १२ सय ७१ जना डिस्चार्ज भएका छन्। योसहित कोरोना जित्नेको संख्या २ लाख ३२ हजार ८७२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

देशभर सक्रिय संक्रमितको संख्या १२ हजार १४८ रहेको छ। ५१९ जना क्वारेन्टाईनमा रहेका छन् भने १२ हजार १४८ आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। २१० जनाको आइसीयूमा र ५० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ११ जनाको मृत्यु भएसँगै नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १६ सय ७४ पुगेको मन्त्रालयले जनाएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome