शुक्रबार, ८ आश्विन २०७८
शुक्रबार, ८ आश्विन २०७८

IT Training Nepal

इलामको करफोकमा फुटबल प्रशिक्षण केन्द्र बनाउँदै एन्फा

२६ मंसिर, २०७७ १६:५१ मा प्रकाशित

938 पटक पढिएको

karfok ilam

इलाम – अखिल नेपाल फुटबल संघ (एन्फा)ले इलामको करफोकमा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्ने भएको छ । यसका लागि एन्फाले ५८ लाख ५० हजार अनुदान दिने भएको छ ।

एन्फाको बिहिबार सम्पन्न केन्द्रीय समितिको बैठकले इलामको करफोकसहित ११ जिल्लामा फुटबल प्रशिक्षण केन्द्र स्थापना गर्ने निर्णय गरेको एन्फाका केन्द्रीय सदस्य निरोज खड्गीले जानकारी दिए ।

केन्द्रीय सदस्य खड्गीका अनुसार करफोकमा प्रशिक्षण केन्द्र निर्माणका लागि सूर्योदय नगरपालिका समेत सहमत रहेको छ । नगरपालिकाको वडा नम्बर १२ मा पर्ने करफोकमा प्रशिक्षण केन्द्र स्थापनाका विषयमा मेयर रणबहादुर राईसँग छलफल भएको उनले बताए । ‘स्थानीय सरकार सकारात्मक छ’, उनले भने, ‘प्रशिक्षण केन्द्र निर्माण भएपछि पूर्वको फुटबलमा नयाँ आयाम सुरु हुनेछ ।’

एन्फाको बिहीबार बसेको बैठकले इलामसहित धनुसा, कैलाली, गोरखा, बाँके, मकवानपुर, बर्दिया, नुवाकोट, उदयपुरमा पनि प्रशिक्षण केन्द्र निर्माण गर्ने निर्णय गरेको हो । त्यस्तै झापा र सिन्धुपाल्चोकमा पनि प्रशिक्षण केन्द्र स्थापना गर्ने निर्णय गरेको छ ।

प्रशिक्षण केन्द्र स्थापनाको लागि एन्फाले स्थानीय सरकारसँग लागत साझेदारी गर्नेछ । स्थानीय सरकारको ५० प्रतिशत र एन्फाको ५० प्रतिशत लगानीमा प्रशिक्षण केन्द्र बनाइने भएको हो ।

इलामको करफोकमा यसअघि पनि एन्फाले मैदान स्तरोन्तिका लागि १० लाख खर्च बजेट उपलब्ध गराइसकेको थियो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome