शुक्रबार, ८ आश्विन २०७८
शुक्रबार, ८ आश्विन २०७८

IT Training Nepal

सन्तोष साह मास्टर सेफ यूकेको फाइनलमा

२६ मंसिर, २०७७ १७:०७ मा प्रकाशित

537 पटक पढिएको

santosh shah reaches bbc masterchef uk 2020 finals

काठमाडौं – नेपालका सेफ सन्तोष साह अन्तर्राष्ट्रिय ख्यातिप्राप्त ‘बीबीसी मास्टर सेफ यूके–२०२०’ प्रतियोगिताको फाइनल राउन्डमा प्रवेश गरेका छन् । उनीसँग अब ६ जना प्रतिस्पर्धी मात्र छन्।

सिरहाको कर्जन्हा स्थायी ठेगाना भएका साहले ‘बीबीसी वान’ मा बिहीबार बेलुका प्रसारित सेमिफाइनल राउन्डमा नेवारी परिकार योमरी बनाएका थिए। उनले निर्णायकको आग्रहमा चिकेन चिल्ली, हट एन्ड साओर सुप, क्रिस्पी नुडल्सलगायत इन्डो चाइनिज परिकार र अचार समेत बनाएर खुवाएका थिए।

आफू योमरी बनाएर सेमिफइनलमा पुगेपछि सन्तोषले सामाजिक संजालमा खुसी पोखेका छन्। उनले योमरीको स्वाद र यससँग जोडिएको चाडबाड र बनाउने तरिकासमेत उल्लेख गरेका छन्।

उनले नेपाली खाना विश्व जगत‌लाई चिनाउने आफ्नो धोको रहेको बताएका छन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome