बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

गैंडाको खाग सहित ५ करोबारी पक्राउ

२६ मंसिर, २०७७ १९:३२ मा प्रकाशित

563 पटक पढिएको

smugglers arrested

काठमाडौं – महानगरिय अपराध महाशाखाको टोलिके एक थान गैंडाको खाग सहित ५ जना करोबारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपलिका २३ झोछेँ घर भएका वर्ष ४१ का रिकेश शाक्य, वर्ष ३५ का सुरेश शाक्य , वर्ष ३९ का अनिल श्रेष्ठ, त्यसैगरी नुवाकोट जिल्ला ६ मेघाङ्गका वर्ष २६ का राम सिंह तामाङ्ग र वर्ष २२ कि मुना तामाङ्ग रहेका छन् ।

बिक्रीका लागि काठमाडौं स्वम्भु किमडोलस्थित कोठामा लुकाई राखेको अवस्थामा अपराध महाशाखाको टोलिले एक थान गैंडाको खाग सहित उनीहरुलाई पक्राउ गरेको महानगरिय अपराध महाशाखाका प्रमुख दीपक थापाले बताउनुभयो ।

पक्राउ परेकाहरुलाई राष्ट्रीय निकुन्ज तथा वन्यजन्तु सरक्षण एन २०२९ अन्तर्गत आवश्यक अनुसन्धानको लागि जिल्ला वन कार्यालय हात्तिसार पठाइएको अपराध महाशाखाले जनाएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome