सोमबार, ७ असार २०७८
सोमबार, ७ असार २०७८

IT Training Nepal

एआईजी पोखरेललाई दर्ज्यानी चिन्ह प्रदान

२६ मंसिर, २०७७ १९:३४ मा प्रकाशित

767 पटक पढिएको

AIG bishworaj pokharel

काठमाडौं – प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति भएका विश्वराज पोखरेललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक समारोहबीच एआईजी पोखरेललाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले पोखरेललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो।

महानिरीक्षक थापाले पदोन्नति भएकोमा पोखरेललाई बधाई दिँदै पदोन्नतिपछि प्राप्त जिम्मेवारीलाई नयाँ उर्जाकासाथ निर्वाह गर्न निर्देशन दिएका छन्। संगठनको थप सुदृढीकरण र विकासका लागि आगामी दिनमा नयाँ कार्ययोजना बनाई आगडि बढ्नुपर्ने उनको भनाई छ।

पदोन्नति भएका एआईजी पोखरेलले नेपाल सरकार एवम् प्रहरी संगठनले विश्वास गरी आफूलाई पदोन्नति गरेको भन्दै विश्वासलाई रतिभर पनि प्रश्न नआउने गरी जिम्मेवारी वहन गर्ने प्रतिवद्धता व्यक्त गरे।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत उपस्थित थिए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome