शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

बलात्कार आरोपमा रुकुम पूर्वका एक युवक पक्राउ

२३ असार, २०७७ ०२:३१ मा प्रकाशित

532 पटक पढिएको

rape illustration

रुकुम, २२ असार : बलात्कार गरेको आरोपमा प्रहरीले रुकुम पूर्वमा एक युवालाई पक्राउ गरेको छ ।

भूमे गाउँपालिका–८ कोर्जाका २८ वर्षीय कृष्ण खड्का सोही ठाउँकी २८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् । असार १९ गते खड्काले डरत्रास देखाएर बलात्कार गरेको भन्दै पीडित पक्षले असार २० गते इलाका प्रहरी कार्यालय, चुन्बाङमा उजुरी दिएका थिए ।

पीडितको उजुरीका आधारमा २० गते नै उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नीरिक्षक दिनेश गुरूङले जानकारी दिए । घटना लगत्तै फरार रहेका आरोपितलाई फक्राउ गरी थप अनुसन्धान भइरहेको उनले बताए । पीडितको शनिबार जिल्ला अस्पताल रुकुमकोटमा स्वास्थ्य परीक्षण गरिएको बताइएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome