मंगलवार, १२ श्रावण २०७८
मंगलवार, १२ श्रावण २०७८

IT Training Nepal

चोरीका ३ मोटरसाइकलसहित भक्तपुरबाट ४ जना पक्राउ

२७ मंसिर, २०७७ ०७:४१ मा प्रकाशित

688 पटक पढिएको

bike seized

भक्तपुर – भक्तपुर प्रहरीले चोरीका ३ वटा मोटरसाइकलसहित ४ युवालाई नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरले दोलखा सैलुङ गाउँपालिका २ घर भई हाल भक्तपुरको सूर्यविनायक नपा ८ सिपाडोल बस्ने २३ वर्षीय सोनाम वाइबा र १९ वर्षीय फुर्बा घिसिङलाई चोरीको मोटरसाइकलसहित बिहीबार पक्राउ गरेको हो ।

उनीहरुलाई चोरी गरेर ल्याइएको बा ८३ प ७७७३ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकलसहित भक्तपुरको चाँगुनारायण नपा ९ ताथलीबाट पक्राउ गरिएको परिसरका सूचना अधिकारी प्रहरी निरीक्षक सुवास बुढाथोकीले जानकारी दिए ।

चाँगुनारायण नपा ९ ताथलीबाट मोटरसाइकल चोरी भएको खबर प्राप्त हुनासाथै महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले ती दुई युवालाई चोरीको मोटरसाइकलसहित नियन्त्रणमा लिन सफल भएको उनले बताए ।

त्यसको भोलिपल्ट नै प्रहरीले थप दुई युवालाई चोरीको दुइटा मोटरसाइकलसहित नियन्त्रणमा लिएको थियो । प्रहरीले दोलखाको सैलुङ गाउँपालिका २ नै घर भई हाल सूर्यविनायक नपा ८ सिपाडोल नै बस्ने १८ वर्षीय सञ्जीव तामाङ र सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिका २ घर भई हाल भक्तपुरको मध्यपुर थिमि नपा ६ पुरानो ठिमी बस्ने २१ वर्षीय जीवन तामाङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई सूर्यविनायक नपा ८ सूर्यविनायकबाट नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक बुढाथोकीले जानकारी दिए । प्रहरीले उनीहरुको साथबाट प्र ३–०२–००८ प ७५८५ र प्र ३–०२–०१४ प ०५९४ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल नियन्त्रणमा लिएको थियो ।

अनुसन्धान गर्दा उक्त दुइटा मोटरसाइकल चोरी गरेको भन्ने खुल्न आएको भक्तपुर प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुलाई भक्तपुर जिल्ला अदालतमा पेस गरी चोरीको कसुरमा ५ दिन म्याद लिई थप अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी निरीक्षक बुढाथोकीले जानकारी दिए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome