बुधबार, २ असार २०७८
बुधबार, २ असार २०७८

IT Training Nepal

सीमामा सशस्त्र र अज्ञात समूहबीच झडप, चार राउण्ड हवाई फायर

४ श्रावण, २०७७ १९:०१ मा प्रकाशित

632 पटक पढिएको

armed police force nepal

झापा, ०४ साउन : नेपाल-भारत सीमा क्षेत्र अन्तर्गत झापाको गौरीगञ्ज गाउँपालिका-५ धन्द्राखोला नजिक शनिबारराति सशस्त्र प्रहरी र अज्ञात समूहबीच झडप भएको छ।

झडपका क्रममा प्रहरीले चार राउण्ड हवाई फायर गरेको सशस्त्र प्रहरी बल नम्बर १ बाहिनीका डीआईजी नगेन्द्रबहादुर थापाले जानकारी दिए।

सशस्त्रको बीओपी गौरीगञ्जमा वरिष्ठ हवल्दार ज्ञानबहादुर तामाङको नेत्रृत्वमा रहेको छ जनाको गस्ती टोलीमाथि अज्ञात समूहले राति करिब साढे ९ बजेतिर आक्रमण सुरु गरेको थियो।

उनका अनुसार गस्ती टोली १५२ नम्बरको सीमास्तम्भ छेउमा पुगेपछि ४०/५० जनाको संख्यामा रहेको समूहले ढुंगामुढा गर्दै आक्रमण सुरु गरेको थियो।

प्रहरीमाथि भाटा, लाट्ठी र चिर्पटले पनि प्रहार गरेको बताइएको छ। उनीहरुले ड्युटीमा रहेका प्रहरीको पोसाक समेत च्यातिदिएको थापाले बताए। आक्रमणमा परेर सशस्त्रका जवान विदुर खत्री र रोमन बस्नेत घाइते भएका छन्।

उनीहरुको टाउको र ढाडमा चोट लागेको छ। जवाफी फायरपछि तितरवितर बनेको उक्त समूह भारततिर भागेको थियो। उक्त समूहको खोजी भइरहेको प्रहरीले बताएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome