आईतवार, ३ आश्विन २०७८
आईतवार, ३ आश्विन २०७८

IT Training Nepal

अपरिचित व्यक्तिद्वारा पिकअप भ्यानमा आगजनी, २४ लाख बढीको क्षति

२७ मंसिर, २०७७ १७:०२ मा प्रकाशित

441 पटक पढिएको

bolero on fire

राजविराज – सप्तरीको विष्णुपुर गाउँपालिका ६ गोरगमाका बेचन मुखियाको पिकअप भ्यानमा शनिबार बिहान अपरिचित व्यक्तिले आगजनी गरेको छ।

आफ्नै घरअगाडि राखिएको स. १ च १७२५ नम्बरको पिकअप भ्यानमा आगजनी भएको मुखियाले बताएका छन्। प्रहरीका अनुसार आगजनीबाट २४ लाख बढीको क्षति भएको छ ।

शनिबार बिहान करिब १ बजेतिर घर अगाडि राखिएको पिकअपमा पेट्रोल छर्केर आगजनी गरेको पीडित मुखियाले बताए। आगो स्थानियबासी, प्रहरी तथा राजविराजबाट आएको बारुण यन्त्रको सहयोगमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

व्यक्तिगत राजनीतिक रिसीभीका कारण पिकअपमा आगजनी गरिएको हुन सक्ने प्रहरीले बताएको छ। यसबारे थप आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

bolero on fire

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome