मंगलवार, १२ श्रावण २०७८
मंगलवार, १२ श्रावण २०७८

IT Training Nepal

गौतमबुद्ध कप-२०२० क्रिकेट : सुपर ओभरमा बागमतीमाथि नारायणीको जित

२८ मंसिर, २०७७ ०८:०१ मा प्रकाशित

628 पटक पढिएको

gautam buddha super cup 2020

चितवन – चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा गौतमबुद्ध कप-२०२० क्रिकेट प्रतियोगिता सुरु भएको छ। रंगशाला निमार्णस्थलमा रहेको नमुना मैदानमा प्रतियोगिता सुरु भएको हो।

शनिबार भएको उद्घाटन खेलमा टिम नारायणी विजयी भएको छ। नारायणीले बागमती टिमलाई सुपर ओभरमा पराजित गरेको छ।

सुपर ओभरमा नारायणीले दिएको २६ रनको लक्ष्य पछ्याएको बागमतीले २० रन मात्र जोडेको थियो। सुपर ओभरमा पहिले ब्याटिङ गरेको नारायणीका करण केसीको लगातार ३ वटा छक्काको मद्दतमा २५ रन बनाए। जवाफी ब्याटिङमा आएका बागमतीका कप्तान ज्ञानेन्द्र मल्लले ३ वटा छक्का प्रहार गरे। तर बाग्मतीलाई जित दिलाउन सकेनन्।

यसअघि बाग्मतीले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको नारायणीले २० ओभरमा ९ विकेट गुमाएर १ सय १७ रन मात्रै बनाएपछि खेल सुपर ओभरमा गएको थियो। नारायणीका आरिफ शेखले सर्वाधिक ४४ रन बनाए।

पहिले ब्याटिङ गरेको बाग्मतीले ८ विकेट गुमाएर १ सय १७ रन बनाएको थियो। बाग्मतीका लागि सुनिल धमला र विक्रम सोबले समान ३७ र ३७ र रसिद खानले २७ रन बनाए। नारायणीका लागि शाहव आलमले ३ र दिपेश श्रेष्ठले २ विकेट लिए।

बाग्मती प्रदेश क्रिकेट संघको आयोजना तथा चितवन क्रिकेट संघको संयोजनमा प्रतियोगिता सुरु भएको हो। प्रतियोगितामा तीन टिम सहभागी छन्। बागमती, नारायणी र राप्तीको सहभागीता रहेको चितवन क्रिकेट संघका अध्यक्ष कैलाश प्रधानले जानकारी दिए।

पारस खड्का कोरोना संक्रमण भएपछि आइसोलेसनमा छन्। उनको सट्टामा नारायणीको कप्तानी सुवास खकुरेलले गरे। राप्तीको कप्तानी विनोद भण्डारीले लिएका छन्। प्रतियोगिता अन्र्तगत आइतबार बाग्मती र राप्ती भिड्नेछन् भने तेस्रो खेलमा राप्ती र नारायणी भिड्नेछन्। शीर्ष दुईमा रहने टोली फाइनलमा प्रवेश गर्नेछन्।

फाइनल खेल मङ्सिर ३० गते हुने आयोजकले जनाएको छ। प्रतियोगिताको उद्घाटन बागमती प्रदेश खेलकुद परिषदको सदस्य सचिव सूर्य भण्डारीले गरेका हुन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome