मंगलवार, २ कार्तिक २०७८
मंगलवार, २ कार्तिक २०७८

IT Training Nepal

महिला टी-२० विश्वकप क्रिकेटको एसिया छनोट मलेशियामा

२८ मंसिर, २०७७ ०८:११ मा प्रकाशित

1070 पटक पढिएको

t20 womens cricket world cup 2023 south africa asian qualifier

काठमाडौं – नेपालले खेल्ने महिला टी-२० विश्वकप क्रिकेटको एसिया छनोट मलेशियामा हुने भएको छ ।

नेपालसहित भुटान, चीन, कुवेत, हङकङ, म्यानमार, युनाइटेड अरब इमिरेट्स (यूएई) र मलेसिया सहभागी हुने सो प्रतियोगिता सेप्टेम्बर २० देखि २६ तारिखसम्म सञ्चालन हुनेछ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२३ मा आयोजना हुने महिला टी–२० विश्वकप क्रिकेटका लागि खेल तालिका सार्वजनिक गरेको हो ।

महिला टी-२० विश्वकप क्रिकेट प्रतियोगिता सन् २०२३ को फेब्रुअरी ९ देखि २६ तारिखसम्म दक्षिण अफ्रिकामा हुनेछ ।

पाँच महादेशको क्षेत्रीय छनोट सन् २०२१ को अगष्टदेखि सुरु हुने आइसिसीले जनाएको छ ।

छनोटमा पाँच महादेशका ३७ देश सहभागी हुनेछन् । छनोट प्रतियोगिता पाँचवटै महादेशमा गराइने एसीसीले जारी गरेको सूचनामा उल्लेख छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome