बिहीबार, १० असार २०७८
बिहीबार, १० असार २०७८

IT Training Nepal

उपत्यकामा ३४८ जनासहित देशभर थप ८३० जनामा कोरोना पुष्टी, १,५०० डिस्चार्ज

२८ मंसिर, २०७७ १७:१२ मा प्रकाशित

396 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३४८ जनासहित देशभर थप ८३० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ४८ हजार ४२३ पुगेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ सय जना डिस्चार्ज भएका छन्। योसहित नेपालमा कोरोना जित्नेको संख्या २ लाख ३५ हजार ७३१ पुगेको छ।

देशभर सक्रिय संक्रमितको संख्या १० हजार ९९४ रहेको छ। ५१६ जना क्वारेन्टाईनमा रहेका छन् भने १० हजार ९९४ आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। २९४ जनाको आइसीयूमा र ५२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ९ जनाको मृत्यु भएसँगै नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १६ सय ९८ पुगेको मन्त्रालयले जनाएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome