सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

माइतीघर मण्डलामा उखु किसानको प्रदर्शन

२८ मंसिर, २०७७ १७:२१ मा प्रकाशित

739 पटक पढिएको

farmers in protest in ktm

काठमाडौं – आफूले पाउनुपर्ने भुक्तानी रकम नपाएपछि उखु किसान आन्दोलित भएका छन्। उनीहरुले आइतबारदेखि काठमाडौंको माइतीघर मण्डलाबाट प्रदर्शन सुरु गरेका हुन्।

उखु किसान सङ्घर्ष समितिको आयोजनामा चिनी मिलबाट रकम भुक्तानी नपाएको र गएको पुस १८ गते नेपाल सरकारसँग भएको सम्झौता लागू नभएको विरोधमा प्रदर्शन भएको हो।

श्रम,पसिनाको मूल्य पाउ, पेट छ खालि परिवार भोगले हाहाकार, घर छ टाढा,छैन भाडा हामी किसानको दु:ख बुझिदेउ सरकार, उखु किसानका माग पूरा गर, सरकार किसानलाई बाँच्न देउ, हाम्रो मेहेनतको फल नखोस् आफ्नो पसिनाको फल नखोस‍्जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शनकारीहरुले विरोध जनाएका छन्।

उनीहरूले गत वर्षको पुस १६ गते सरकारसँग भएको सम्झौता कार्यान्वयन गर्न माग गरेका छन् । माइतीघर मण्डलाबाट सुरु गरेर सिंहदरबार र बालुवाटार घेराउसम्मको आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome