बिहीबार, २१ श्रावण २०७८
बिहीबार, २१ श्रावण २०७८

IT Training Nepal

सतबिज छर्न आएका महिलाको सुनको सिक्री लुट्ने पक्राउ

२९ मंसिर, २०७७ ०९:१० मा प्रकाशित

798 पटक पढिएको

gold burglar in custody

काठमाडौं – महानगरिय अपराध महाशाखाको टोलिले सुनको सिक्री लुटेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको चम्पारान घर हुने बर्ष ५० को सुरेन्द्र राय रहेका छ्न ।

राय पशुपतिनाथ मन्दिरमा बाला चतुर्दशीमा सतबिज छर्न आएका काठमाडौंको लैनचौर बस्ने लक्ष्मीकुमारी शाही सहित ४ जनाको घाँटीमा लगाएको सुनको सिक्री लुटी फरार भएका थिए । प्रहरीले खोजी गर्ने क्रममा पशुपतीको मृगस्थलीमा लुकि बसेको अवस्थामा उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका रायको साथबाट लुटिएको ४ थान सुनको सिक्री पनि बरामद गरिएको छ । लुटेरा रायलाई आवश्यक कारवाहिको लागि महानगरिय प्रहरी वृत्त गौशालामा राखी अनुसन्धान भइरहेको महानगरिय अपराध महाशाखाका प्रमुख दीपक थापाले बताउनु भयो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome