बिहीबार, २१ श्रावण २०७८
बिहीबार, २१ श्रावण २०७८

IT Training Nepal

सरकारविरुद्ध कांग्रेसको देशव्यापी विरोध प्रदर्शन

२९ मंसिर, २०७७ १७:०४ मा प्रकाशित

554 पटक पढिएको

congress on road against government

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शन गरिरहेको छ। र्‍यालीमा उल्लेख्य संख्यामा कांग्रेस नेता तथा कार्यकर्ताको सहभागीता रहेको छ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दुव्र्यवहार, भ्रष्टाचार र कोरोना नियन्त्रणमा सरकारको लापरवाहीको विरोधमा कांग्रेसले ७७ वटै जिल्लामा प्रदर्शन सुरु गरेको हो।

कांग्रेस सभापति शेरबहादुर देउवाले देशभर हुने प्रदर्शन विशेष रूपले महत्त्वपूर्ण भएको भन्दै सक्रिय सहभागिताका लागि पार्टीका सम्पूर्ण सदस्य, समर्थक र शुभचिन्तकसँगै सबै लोकतन्त्र पक्षधरलाई आह्वान गरेका छन्।

उनले सोमबार विरोधलाई सांकेतिक प्रदर्शन भन्दै सरकारविरुद्धको आन्दोलनको सुरुवात भएको बताएका छन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome