बिहीबार, १० असार २०७८
बिहीबार, १० असार २०७८

IT Training Nepal

उखु किसानको वक्यौता छिटो भुक्तानी गर्न व्यवसायीलाई मन्त्रालयको ताकेता

२९ मंसिर, २०७७ १७:०८ मा प्रकाशित

315 पटक पढिएको

farmers in protest in ktm

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योगीलाई किसानको वक्यौता छिटो भुक्तानी दिन ताकेता गरेको छ ।

मन्त्रालयले सोमबार उद्योगीसँग छलफल गर्दै छिटो भुक्तानी दिन ताकेता गरेको हो । उखु किसानहरुले भुक्तानी नपाएको भन्दै आइतबारदेखि माइतीघर मण्डलामा आन्दोलन गरिरहेका छन् ।

आन्दोलन सुरु गरेको दोस्रो दिन मन्त्रालयले उद्योगी र किसानलाई छलफलमा बोलाए पनि किसान आउन नमानेको उद्योग मन्त्रालयका सहसचिव डा नारायण रेग्मीले बताए । ‘वक्यौता छिटो तिर्न अनुरोध गरेका छौं’ उनले भने’ उद्योगीहरुले छिट्टै भुक्तानी दिने प्रतिवद्वता जनाएका छन् ।’ ६ वटा चिनी उद्योगले किसानको ९० करोड रुपैयाँ भुक्तानी गरेका छैनन् ।

उद्योगमन्त्री लेखराज भट्टले भुक्तानीको विवरण माग गरेका छन् । हालै भुक्तानी गरेको र भुक्तानी गर्न मान गरिएको विवरण लिएर मंगलबार फेरि बैठक बस्ने त यारी भएको मन्त्रालयले जनाएको छ । यसअघि भुक्तानी दिने सहमति भएपनि किसानहरुले लामोसमयसम्म भुक्तानी नपाएपछि काठमाडौं आएर आन्दोलन थालेका हुन् ।

किसानहरुले धेरैपटक आश्वासन भएको भन्दै अब भुक्तानी नपाएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । उद्योगीहरुसँग उद्योग र वाणिज्यका सचिव सहित वाणिज्यका प्रतिनिधि सहभागी थिए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome