मंगलवार, १ असार २०७८
मंगलवार, १ असार २०७८

IT Training Nepal

कम्युनिष्ट सरकारका कारण मुलुकमा अनेकौं काण्ड भइरहेछ : महामन्त्री कोइराला

२९ मंसिर, २०७७ १७:११ मा प्रकाशित

403 पटक पढिएको

shashank koirala

विराटनगर – नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइरालाले दुई तिहाइको कम्युनिष्ट सरकारसँग दृष्टि नभएकाले मुलुकमा व्यापक भ्रष्टचार मौलाएको बताएका छन् । कम्युनिष्ट सरकारसँग दृष्टि नभएकाले दिनादिनु अनेकौं काण्ड मुलुकमा भइरहेको उनले बताए ।

विराटनगरमा सोमबार सरकारविरुद्ध आयोजित विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दे महामन्त्रीले कोइरालाले भने, ‘दृष्टि नभएकाले सरकारमाथि प्रश्न चिन्ह उठेको छ ।’

उनले सरकारले साढे तीन वर्षका दृष्टिको अभावमा कुनै नयाँ आयोजना ल्याउन नसकेको उनको भनाइ छ। सरकारको उपस्थिति कतै नभएको बताउँदै उनले भने,’ मुलुकमा कांग्रेसको पालामा भएको आयोजनाको उद्घाटन गर्ने क्रममा दमन गर्ने बेला मात्र सरकारले उपस्थिति देखाउँछ ।’

मुलुकमा कोरोनामा संक्रमण दिनादिन बढिरहेको बेला जनतालाई राज्यको उपस्थिति महसुस गराउने समेत सरकार असफल भएको उनको दावी छ। जनता कोरोनाले त्रसित भएका बेला सरकारले उपचार सामग्री खरिद गर्दा करोडौं भ्रष्टाचार गर्न लिप्त भएको उनले बताए । उनले भने, ‘स्वास्थ्य सामग्री खरिदमा समेत करोडौं भ्रष्टचार भएको छ।’

जनताले दिएको अभिमतको आडमा भ्रष्टचार गर्न मात्र वर्तमान सरकार उद्दत भएकाले बाध्य भएर सरकारको विरोधमा सडकमा उत्रिएको उनले बताए । अर्को प्रसंगमा उनले आफू महामन्त्रीको हैसियतले कांग्रेसलाई एक बनाउन लागिपरेको बताए । आउने निर्वाचनमा कांग्रेस मुलुककै १ नम्बर पार्टी हुने उनले दावी गरे।

सो अवसरमा राष्ट्रिसभा सदस्य रमेश जङ्ग राय माझीले कम्युनिष्ट सरकारले मुलुकमा कसैको सम्मान गर्न नसकेको बताए । उनले सरकार सर्वसत्तावाद लाद्न मुलुकमा व्यापक रुपमा भ्रष्टचार गर्न उद्दत भएकाले मुलुक अस्तव्यस्त भएको बताए । कम्युनिष्टले जनता दुखमा परेका बेला रमाउँदै व्यापक भ्रष्टाचार गर्न लागेका आरोप लगाए।

महाधिवेश प्रतिनिधी सत्यनारायण भगतले भ्रष्टाचार र अराजक मचाउन सरकारले कांग्रेसमाथि दमन गर्ने नीति बनाएको बताए । सो अवसरमा विराटनगर महानगरपालिका मेयर भिम पराजुलीले सरकाले स्थानीय तहमा कांग्रेसले जितेको स्थानमा संघीय सरकारबाट आउने बजेट कटौटी गरेर दु:ख दिने गरेको बताए ।

विराटनगरमा आयोजित विरोध सभामा व्यापकरुपमा सहभागिता रह्यो। बिहानै‍देखि ठूलो संख्यामा मटरसाइकल र्‍याली प्रदर्शन गरिएको थियो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome