सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

कैलाली क्वारेन्टाइनबाट भागेका व्यक्ति मृत फेला

५ श्रावण, २०७७ ०७:४८ मा प्रकाशित

627 पटक पढिएको

dead body

कैलाली, ५ साउन : कैलालीमा क्वारेन्टाइनबाट भागेका एक जना व्यक्ति हिजो मृत फेला परेका छन् । यही साउन १ गते भारतबाट फर्किएर गोदावरी नगरपालिका–८ स्थित गोलादेवी आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका सोही वडाका ४५ वर्षीया शेरबहादुर आउजी कबुलियत सामुदायिक वनमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

मृत फेला परेका आउजी हिजो बिहान मात्रै क्वारेन्टाइनबाट भागेको प्रहरी नायब उपरीक्षक विष्टले बताए । प्रहरी घटनास्थलमा पुगेर थप अनुसन्धान भइरहेको बताइएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome