शनिबार, ९ श्रावण २०७८
शनिबार, ९ श्रावण २०७८

IT Training Nepal

थप ८२१ जनामा कोरोना पुष्टी, ८४२ डिस्चार्ज, हालसम्म १,७१६ जनाको मृत्यु

२९ मंसिर, २०७७ १७:१७ मा प्रकाशित

246 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ८२१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ४९ हजार २४४ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ८४२ जना डिस्चार्ज भएका छन्। योसहित नेपालमा कोरोना जित्नेको संख्या २ लाख ३६ हजार ५७३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

देशभर सक्रिय संक्रमितको संख्या १० हजार ९५५ रहेको छ।४७१ जना क्वारेन्टाईनमा छन् भने १० हजार ९५५ आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १८ जनाको मृत्यु भएसँगै नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १७ सय १६ पुगेको मन्त्रालयले जनाएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome