मंगलवार, १ असार २०७८
मंगलवार, १ असार २०७८

IT Training Nepal

माछा मार्ने विषयमा झडप हुँदा सप्तरीमा एक महिलाको मुत्यु

२९ मंसिर, २०७७ १७:२० मा प्रकाशित

317 पटक पढिएको

dead body

राजविराज – माछा मार्ने विषयमा झडप हुँदा सप्तरीको बोदे बरसाईन नगरपालिका–३ कुश्महारमा एक महिलाको मृत्यु भएको छ ।बोदे बर्साइन नगरपालिकाबाट ठेक्का लागेको छपकी पोखरीमा माछा मारेको विषयमा आइतबार राति ९ बजेतिर भएको विवादले झडपको रुप लिंदा रामप्रित मण्डलकी श्रीमती ३५ वर्षीया गंगीयादेवीको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कडरबोनाका इन्स्पेक्टर बिरेन्द्र पासवानका अनुसार झडपमा संलग्न आरोपितहरु सोही ठाउँका २८ वर्षीय रवितकुमार मण्डल, २२ वर्षीय सुरेन्द्रकुमार मण्डल, ४७ वर्षीय विजय मण्डल र ५० वर्षीय शिवशरण मण्डललाई पक्राउ गरिएको छ । आरोपितहरुको समूहले लाठी, कोदालो र बञ्चरोले प्रहार गरेको पीडित मृतक परिवारको आरोप छ ।

शव पोस्टमार्टमका लागि सिरहाको लहानस्थित रामप्रसाद शारदा उमाप्रसाद मुरारका अस्पतालमा राखिएको छ । घटनाको अनुसन्धान भइरहेको र पोस्टमार्टम पश्चात घटनाको थप अनुसन्धान गरी कारवाही अगाडि बढाइने प्रहरी निरीक्षक पासवानले जानकारी दिए।

घटनामा मृतक पक्षका चारजना घाइते भएका छन् । मृत्यु हुने पक्षका ५५ वर्षीय जयनारायण मण्डल, १८ वर्षीय धिरज मण्डल र ३५ वर्षीय सोबिन्द्र मण्डलको टाउकोमा गम्भीर चोट लागेको छ भने ४५ जोगिन्द्र मण्डल समेत घाइते भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भुवनेश्वरप्रसाद साहले बताए ।

नगरपालिका अध्यक्ष आतेशकुमार सिंह यादवले नगरपालिकाले ठेक्का लगाएको सार्वजनिक पोखरीमा माछा मारेको विषयमा भएको विवाद बहाना मात्र भएको बताए । उनीहरुबीच घर जग्गा, विद्यालय व्यवस्थापन समिति निर्माणलगायतको विषयमा सुरुदेखि नै राजनीतिक विवाद रहेको बताउँदै नगर प्रमुख यादवले राती पोखरीमा माछा मारेको विषय विवादका लागि बहाना बनेको बताए ।

प्रहरीका अनुसार गम्भीर चोट लागेका तीनजनालाई उपचारको लागि कामना नर्सिङ होम लहानमा भर्ना गरिएको छ भने जोगिन्द्रको बोदे बरसाईनस्थित क्लिनिकमा उपचार भइरहेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome