शनिबार, ९ श्रावण २०७८
शनिबार, ९ श्रावण २०७८

IT Training Nepal

सरकारलाई ठेगान लगाउन कांग्रेस सडकमा उत्रिएको हो : गगन

३० मंसिर, २०७७ ०७:३६ मा प्रकाशित

482 पटक पढिएको

politician gagan thapa nepali congress

धनगढी – नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री गगन थापाले सरकारलाई ठेगान लगाउन कांग्रेस सडकमा उत्रिएको चेतावनी दिएका छन् ।

नेपाली कांग्रेसले सोमबार देशब्यापी रुपमा गरेको प्रदर्शनका क्रममा सुदूरपश्चिमको राजधानी धनगढीमा आयोजना गरिएको आमसभामा नेता थापाले यस्तो बताएका हुन् । ‘सरकार बेलगाम भयो, सरकारलाई ठेगान लगाउन कांग्रेस सडकमा उत्रिएको छ, सरकारले ठेगानमा नआउँदासम्म कांग्रेस सडकबाट फर्किँदैन’ थापाले भने । उनले, अहिलेको सरकार हावादारी सरकार भएको पनि उनले आरोप लगाए ।

‘बाहिर भ्रष्टाचार पनि गर्दैन, भ्रष्टाचार सहन्न पनि भन्ने तर वाईडबडी, बालुवाटारको जग्गा, सेक्युरिटी प्रेस जस्ता ठूला घोटालामा सरकारले नेपाललाई विश्वमै लज्जित गरेको छ’ उनले भने ।

नेता थापाले अहिलेको सरकारले स्वास्थ्य सामाग्रीमा भ्रष्टाचार गरेको, नक्सा जारी गरेपछि भारतसँग कुटनीतिक पहल नगरेको र गफ मात्रै लगाएको आरोप लगाए । कांग्रेसले सुदूरपश्चिमका प्राय सबै जिल्ला सदरमुकाममा सरकारको विरोधमा प्रदर्शन गरेको छ ।

यस्तै कञ्चनपुरमा गरिएको आमसभालाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले सम्बोधन गरे । उनले केपी ओली नेतृत्वको सरकारले भ्रष्ट्राचारीहरुलाई कारवाही गर्नुको सट्टा पुरस्कृत गरेको आरोप लगाए ।

महेन्द्रनगरस्थित संविधान चोकमा बोल्दै नेता पौडेलले भ्रष्टाचार मौलाएको बताउँदै सरकार नै ओम्नी समुह र भ्रष्टाचारको काण्डमा मुछिएकाहरुलाई संरक्षण गरिरहेको बताए । ‘जताततै भ्रष्ट्राचार मौलाएको छ तर सरकार त्यसको संरक्षण गरिरहेको छ’ नेता पौडेलले भने । ‘दुई तिहाई सरकार निकम्मा छ, नेकपाले केपी ओलीको विकल्प दिन सकेन ।’ उनले, धान खेती गर्ने बेला मल नपाएका किसानलाई सरकारले गहुँ छर्नेबेला समेत मल उपलब्ध गराउन नसकेको भन्दै सरकारको नेतृत्व गर्ने नैतीकता गुमाइसमेको आरोप लगाए ।

बैतडीमा सरकार विरुद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बैतडीमा पनि विरोध प्रदर्शन गरेको छ । पार्टी कार्यालयबाट सुरु भएको र्याली गोठलापानी, शाहीलेक हुँदै गढीमा कोणसभामा परिणत भएको थियो । सरकारले अधिनायकवाद ल्याउन खोजेको, तनहुँमा नेपालीका कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलमाथि सत्ताको दुरुपयोग गरेर पक्राउ गरेको, कोरोना नियन्त्रण तथा व्यवस्थापनमा सरकार असफल भएको भन्दै विरोध प्रदर्शन गरिएको हो ।

आमसभालाई नेपाली कांग्रेसका नेता एवं पूर्व वाणिज्य राज्यमन्त्री नरबहादुर चन्द लगायतले सम्बोधन गरेका थिए । बाजुरमामा पनि सरकारको विरोध गरिएको छ । विरोध सभामा नेपाली काँग्रेस बाजुराका सभापती कविराज पण्डित, पुर्व भूमिसुधार सहायक मन्त्री जनकराज गिरी लगायतले सम्बोधन गरेका थिए ।

डोटीको विरोध सभालाई कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बीरबहादुर बलायरले सम्बोधन गरेका थिए । उनले केपी ओली सरकारको ज्यादतीका बिरुद्धमा जनताहरु एकसाथ सडकमा उत्रिनुपर्ने बताए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome